बस दुर्घटनामा घाइते भएकी युवतीको मृत्यु

बस दुर्घटनामा घाइते भएकी युवतीको मृत्यु
सुन्नुहोस्

बेंसीशहर : लमजुङ सदरमुकाम बेंसीशहरमा बस दुर्घटनामा परी घाइते भएकी युवतीको उपचारका क्रममा शुक्रबार चितवनमा मृत्यु भएको छ।

राइनास नपा–९ कुवापानीकी मिस्मा गुरुङको उपचारका क्रममा शुक्रबार दिउँसो करिब २ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

बिहीबार दिउँसो बेंसीशहर नपा–८ शेरास्थित पृथ्वी राजमार्ग बस काउण्टर नजिकै यात्रु चढाउन रोकेर राखेको चालकविहिन ना ५ ख ४०८१ नम्बरको बस एक्कासी गुडेपछि दुर्घटना भएको थियो।

बसबाट आत्तिएर हामफाल्ने क्रममा गम्भीर घाइते भएकी गुरुङलाई लमजुङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो। दुर्घटनामा परी ६ जना घाइते भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.