रुपन्देहीमा सवारी दुर्घटनामा कमी

रुपन्देहीमा सवारी दुर्घटनामा कमी
सुन्नुहोस्

भैरहवा : रुपन्देहीमा सवारी दुर्घटनामा पनि कमी आएको छ। ट्राफिक प्रहरीको सक्रियता र चालकलाई सचेत गराएका कारणले सवारी दुर्घटनामा कमी आएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव ०७८/०७९ मा १७२ वटा सवारी दुर्घटना भएकोमा गत आव ०७९/०८० मा १५१ वटा मात्र सवारी दुर्घटना भएको छ। 

आव ०७८/०७९ मा सवारी दुर्घटनामा ९४ जनाको मृत्यु भएकोमा १७१ जना गम्भीर घाइते भएका थिए। गत आव ०७९/०८० मा ८३ जनाको मृत्यु भएकोमा ११५ जना मात्र गम्भीर घाइते भएका थिए। 

सवारी चालकहरूलाई सचेत गराउन कार्यालय र विभिन्न संघसंस्थाहरूसँगको समन्वयमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू मार्फत दुर्घटना न्यूनीकरणका लागि कार्यहरू भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी निरीक्षक साकार राज पन्तले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.