त्रिअवि अध्यागमनको सर्भर सुचारु
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि)स्थित अध्यागमन कार्यालयको सर्भर सुचारु भएको छ। सिंहदरवारस्थित जिआइडीसीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि अध्यागमनको सर्भर डाउन भएको थियो।
केहीबेर अघि सर्भर सुचारु भएको त्रिअवि अध्यागमन कार्यालयका प्रवक्ता झंकनाथ ढाकालले बताए। सर्भर सुचारु भएपछि प्रस्थान र आगमन अनुमति कम्प्युटर प्रणालीबाट हुन थालेको उनले बताए।
सर्भर डाउन हुँदा अध्यागमनका कर्मचारीहरूले म्यानुअली (खातामा नाम चढाएर) आगमन र प्रस्थान अनुमति दिएका थिए।
प्रतिक्रिया दिनुहोस !