पहिरो पीडितलाई नगद र खाद्यान्न सहयोग
पाल्पा : रिव्दीकोट गाउँपालिका खस्यौली पाल्पाले पहिरो पीडित व्यक्तिलाई नगद र खाद्यान्न सहयोग गरेको छ।
साउन ९ गते बिहान ५ बजेतिर गाउँपालिकाको वडा नम्बर ८ फेक लुम्वासका कर्ण बहादुर बम्रेलको टिन लगाएको गोठ पहिरोले बगाएको थियो। गोठ पहिरोले बगाउँदा लैनो भैसी, पाडी, दुईवटा गोरु पुरिएर मरेका थिए।
पहिरो पीडित कर्ण बहादुरको घरमै पुगेर गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, प्रशासन प्रमुख टुकलाल भट्टराईले क्षति अवस्था, हालको बसाइको अवस्था, खानपान, बसोवासको बारेमा जानकारी लिएका छन्।
पहिरो पीडित बम्रेललाई गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल, प्रशासन प्रमुख टुकलाल भट्टराईले दुई बोरा चामल, ५ केजी दाल, त्रिपाल र नगद १० हजार रुपैयाँ राहत प्रदान गरेका छन्।
राहत सहयोग लिँदै पहिरो पीडित बम्रेलले घरमै आई स्थानीय सरकारले नगद र खाद्यान्न सहयोग गरेकोमा खुसी व्यक्त गरे। बम्रेलले पहिरोबाट ५ लाखभन्दा बढी क्षति भएको बताए।
प्रतिक्रिया दिनुहोस !