पर्यटकीय स्थल नरपानीमा वृक्षारोपण

पर्यटकीय स्थल नरपानीमा वृक्षारोपण
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सन्धिखर्क : अर्घाखाँचीको प्रसिद्ध पर्यटकीय स्थल नरपानीमा वृक्षारोपण तथा सरसफाइ गरिएको छ ।  नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीले सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा मनोज,झपेन्द्र स्मृति पार्कमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीले बताए । 

नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रशिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ । मनमोहक दृश्यहरु देख्न पाइने हुँदा तराईबाट धेरै पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने  पर्यटकको संख्या पनि वृद्धि भएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।    

पिकनिक स्थलको रुपमा विकसित हुँदै गएको यस क्षेत्रमा कपिलवस्तु,रुपन्देही, दांग, नवलपरासी, बाके र बर्दियाबाट दैनिक रुपमा हजारौं मानिस आउने गरेका छन् । महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिंगेबाट ५० किलोमिटरको दुरीमा नरपानीमा पुग्न सकिन्छ । 

पछिल्लो समय भारतीय पर्यटक बढि आउने गरेका छन्। सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.