साउने सोमबार : कपिलवस्तुको ताम्रेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

साउने सोमबार : कपिलवस्तुको ताम्रेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो
ताम्रेश्वर महादेव मन्दिर भित्र शिवलिंगमा जलार्पण गर्दै भक्तजनहरू । तस्बिर : गोपाल भण्डारी

कपिलवस्तु : कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित ताम्रेश्वर महादेवको मन्दिरमा साउने सोमबारका अवसरमा भक्तजनहरूको घुइँचो लागेको छ । बाणगंगा नदीमा स्नान गरी जल लिइ भक्तजनले महादेव मन्दिरमा जलापर्ण गरिरहेका छन् । 

अन्य महिनामा पनि भीड रहने यो मन्दिरमा विशेष गरी साउन महिनाको सोमबार जर्लापणका लागि भक्तजनको घुइँचो लाग्ने गर्छ । रातभर जाग्राम बसी बिहान स्नान गरी मन्दिरमा जलापर्ण गर्ने गरिन्छ।

विक्रम सम्वत् १८७२ सालमा स्थापित ताम्रेश्वर महादेवको यो मन्दिर हिन्दु धर्माबलम्वीहरूको ठूलो आस्थाको केन्द्र मानिन्छ। संभवत नेपालकै शिव मन्दिरमा रहेको शिवलिंगमध्ये सबैभन्दा ठूलो शिवलिंग यसै तौलेश्वर मन्दिरमा रहको छ ।

जलापर्णका लागि तिलौराकोट किनारमा अवस्थित प्राचिन भागिरथी (बाणगंगा) नदीमा स्नान गरी जल लिइ भजन किर्तन गर्दै भक्तजन ५ किलो मिटर टाढा रहेको ताम्रेश्वर महादेव मन्दिरमा आउने गरेका छन् । 

आइतबार राति बाणगंगा नदीको तटमा श्रद्धालुले चुटका र भजन गाएर जागराम बसेका थिए । तामे्रश्वर महादेवको मन्दिरमा जल चढाउन कपिलवस्तु, रुपन्देही, दांग, अर्घाखाँचीका विभिन्न स्थानबका साथै भारतीय सीमा क्षेत्रका सिद्धार्थनगर र वलरामपुरबाट समेत हजारौं भक्तजनहरू आउने गरेका छन् । 

nullतौलिहवा बजारमा स्थित ताम्रेश्वर महादेवको मन्दिर।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.