सहकारीले ठगेपछि अभिनेत्री पनि बसे अनशन

सहकारीले ठगेपछि अभिनेत्री पनि बसे अनशन
सुन्नुहोस्

ठगी गर्ने सहकारीविरुद्ध उनीहरूले दिनको १० घण्टाका दरले अनशन सुरु गरेको बताए । सिभिल सहकारीले आफूहरूको जीवनभरको कमाई ठगी गरेको उनीहरूको आरोप छ ।

काठमाडौं : सहकारीले ठगी गरेको भन्दै अभिनेत्रीहरूले पनि अनशन सुरु गरेका छन् । ठगी गर्ने सहकारीलाई कारबाहीको माग गर्दै दुई पाका अभिनेत्रीहरू बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा अनशनमा बसेका हुन् ।

ठगी गर्ने सहकारीविरुद्ध उनीहरूले दिनको १० घण्टाका दरले अनशन सुरु गरेको बताए । सिभिल सहकारीले आफूहरूको जीवनभरको कमाई ठगी गरेको उनीहरूको आरोप छ । सहकारीमा बचत गरेको २ करोड ६० लाख रुपैयाँ उनीहरूले फिर्ता नपाएको बताए । उनीहरूले पैसाको अभावमा घरखर्च चलाउनसमेत मुस्किल परेको बताएका थिए । रकम लिनका लागि पटक–पटक सहकारीमा गए पनि रित्तो हात फर्कनु परेको अभिनेत्रीहरूको गुनासो छ ।

फसेको रकम झिक्न पहल गर्न भन्दै बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरूलाई भेटिसकेका छन् । तर, कहीँबाट पहल नभएपछि आफूहरू धर्नामा बस्न बाध्य भएको उनीहरूले बताए । चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ सहकारीमा फसेको उनीहरूको दाबी छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.