अन्तत: एक मन्त्रालयमै चित्त बुझायो नागरिक उन्मुक्तिले, बिहीबार सरकारमा जाने

अन्तत: एक मन्त्रालयमै चित्त बुझायो नागरिक उन्मुक्तिले, बिहीबार सरकारमा जाने
फाइल तस्बिर।

धनगढी : प्रदेश सरकार गठन भएदेखि नै दुई मन्त्रालयको माग गर्दै सरकारमा सहभागी नभएको नागरिक उन्मुक्ति पार्टी अन्तत: एक मन्त्रालयमै चित्त बुझाएर बिहीबार सरकारमा जाने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले एक मन्त्री, एक राज्यमन्त्री र दुईवटा विषयगत समितिको सभापतिका लागि मंगलबार गठबन्धनमा सहमति भएको बताए । मंगलबार गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीबीच सरकारमा सहभागी हुने सहमति भएको हो ।

‘गठबन्धनका शीर्ष नेताहरूबीच एक मन्त्री, एक राज्यमन्त्री र दुईजना विषयगत सभापति दिने सहमति भएको छ, बिहीबार सरकारमा जान्छौं,' काठमाडौंमा रहेका नागरिक उन्मुक्तिका संरक्षक  रेशमलाल चौधरीले टेलिफोनमा भने ।

उनले बुधबार टीकापुरमा उन्मुक्तिको संसदीय दलको बैठक बोलाएको बताए । ‘बुधबार टीकापुरमा पार्टीको संसदीय दलको बैठक बोलाएको छु, सरकारमा कुन- कुन सांसद पठाउने भन्ने कुराको टुंगो दलको बैठकले लगाउने छ । तर सरकारमा जाने निर्णय नै भइसक्यो,'चौधरीले भने ।

मुख्यमन्त्री कमल बहादुर शाहले उन्मुक्तिका लागि सरकार गठन भएदेखि नै भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय राखेका छन् । त्यही मन्त्रालयमा राज्यमन्त्री पनि दिने तयारी भएको बताइएको छ । यसअघि रामेश्वर चौधरीलाई मन्त्री र खुसीराम चौधरीलाई राज्यमन्त्री बनाउने भन्दै उनीहरु धनगढी आएपनि एकाएक पार्टी अध्यक्ष रञ्जिता चौधरीले सरकारमा नजाने निर्णय गरेकाले उनीहरुको शपथ हुन सकेको थिएन । 

५३ सदस्यीय सुदूरपश्चिम सरकारमा कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ । १९ प्रदेश सभा सदस्य रहेको कांग्रेस मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवासहित सरकारमा छन् । 
कांग्रेसले आन्तरिक मामिला मन्त्रालय पनि भाग पाएकोमा मन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा ज्यान गएपछि उक्त मन्त्रालय पनि असार ५ गते देखि खाली छ ।

कांग्रेससँगै नेकपा माओवादी केन्द्र सभामुख,सामाविक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसहित सरकारमा छ भने नेकपा एसले आर्थिक मामिला मन्त्रालय पाएको छ । कांग्रेस नेतृत्वको प्रदेश सरकारसँग कांग्रेसका १९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र समाजवादीका ४ गरी ४१ जना प्रदेश सभा सदस्यको दुई तिहाइ बहुमत छ । उपसभामुखमा भने एमालेकी कोइली देवी चौधरी छिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.