कोसीका सभामुख गौतमले दिए राजीनामा

कोसीका सभामुख गौतमले दिए राजीनामा

विराटनगर : कोसी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्।  सभामुख गौतमले मंगलबार उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले सभामुख गौतमको राजीनामा प्राप्त भएको जानकारी दिए।

राजीनामासँगै गठबन्धनका तर्फबाट कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री दाबी गर्न बहुमत पुगेको छ । गौतम २०७९ पुस २८ गते कोसी प्रदेशको सभामुख निर्वाचित भएका थिए । 

उनी माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।केही दिनदेखि काठमाडौंमा रहेका उनले मंगलबार विराटनगर आइपुग्नसाथ राजीनामा दिएका हुन् । गौतमको राजीनामासँगै गठबन्धनका तर्फबाट बहुमत पुगेको दाबी पेस गर्न नेताहरु प्रदेश प्रमुखको कार्यालयतिर लागेका छन् । 

कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कांग्रेसका २९,माओवादीका सभामुखसहित १३,नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरेर गठबन्धनसँग ४७ सांसद पुग्छन् । 

प्रदेशसभाकै ठूलो दल नेकपा (एमाले)का ४० र  राप्रपाका ६ गरेर ४६ सांसद छन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.