सभामुख 'कन्भिन्स' भएपछि नियुक्ति बदरको ६ दिनपछि थापा पुनः बने मुख्यमन्त्री

सभामुख 'कन्भिन्स' भएपछि नियुक्ति बदरको ६ दिनपछि थापा पुनः बने मुख्यमन्त्री
फाइल तस्बिर
सुन्नुहोस्

विराटनगर : सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको ६ दिनपछि नेपाली कांग्रेस संसदीय दल कोशीका नेता उद्धव थापा पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन्। 

असार २१ गते प्रदेश सभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो।

सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सङ्ख्या पुर्‍याएका थिए। सभामुख गौतम राजीनामा दिन आनाकानी गरे पनि अन्त्यमा उनी कन्भिन्स भएको गठबन्धनका नेताहरूले बताएका छन्।

कोशीमा बहुमत पुर्‍याउन ४७ सिटको आवश्यकता पर्दछ। माओवादीबाट सभामुख भएका गौतम सभामुख पदमा रहुन्जेल सत्ता गठबन्धनको बहुमत पुग्न नसक्ने भएपछि उनलाई राजीनामा दिन बाध्य पारिएको थियो। उनले अन्तिम समयसम्म पनि राजीनामा दिन मानेका थिएनन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेससँग कोशी प्रदेश सभामा २९ सदस्य रहेका छन्। 

त्यस्तै माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपा सँग १ सदस्य रहेका छन्। सबै दलले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको रूपमा समर्थन गरेका छन्। 

सत्ता गठबन्धन दलको तर्फका ४७ प्रदेश सभा सदस्यको हस्ताक्षर लिएर पुगेपछि प्रदेश प्रमुख खापुंगले संविधानको धारा १६८(२) अन्तरगत मुख्यमन्त्रीमा प्रदेश प्रमुखले नियुक्त गरे। सर्वोच्च अदालतले साउन ११ गते उद्धव थापाको नियुत्ती बदर गरेपछि प्रदेश प्रमुख परशुराम खापुंगले आज ५ बजेसम्मका लागि समय सीमा तोक्दै दलहरूलाई सरकार गठनका लागि आह्वान गरेका थिए। उनले संविधानको धारा १६८(२) अन्तर्गत सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.