मुख्यमन्त्री थापाको शपथ आज

मुख्यमन्त्री थापाको शपथ आज
फाइल तस्बिर।
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार बिहान पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ  बिहान १० बजे लिने कार्यक्रम तय भएको छ। मुख्यमन्त्रीले सपथ लिए लगत्तै मन्त्रीमण्डल विस्तार हुने बताइएको छ।

सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको ६ दिनपछि नेपाली कांग्रेस संसदीय दल कोसीका नेता उद्धव थापा पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर बहुमत दाबी गरेका थापाको नियुक्तिलाई सर्वोच्च अदालतले बदर गरेको थियो। सभामुखको हस्ताक्षरलाई असंवैधानिक मानेपछि गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत संख्या पुर्‍याएका थिए। सभामुख गौतमले राजीनामा दिन आनाकानी गरे पनि अन्त्यमा उनी कन्भिन्स भएको गठबन्धनका नेताहरूले बताएका छन्।

कोसीमा बहुमत पुर्‍याउन ४७ सिटको आवश्यकता पर्छ। माओवादीबाट सभामुख भएका गौतम सभामुख पदमा रहुन्जेल सत्ता गठबन्धनको बहुमत पुग्न नसक्ने भएपछि उनलाई राजीनामा दिन बाध्य पारिएको थियो। उनले अन्तिम समयसम्म पनि राजीनामा दिन मानेका थिएनन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेससँग कोसी प्रदेश सभामा २९ सदस्य रहेका छन्। त्यस्तै, माओवादी केन्द्रसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ सदस्य छन्। सबै दलले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको रूपमा समर्थन गरेका छन्। थापालाई कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरी ४७ सांसदको समर्थन रहेको छ।

सत्ता गठबन्धन दलतर्फका ४७ प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर पुगेपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(२) अन्तर्गत मुख्यमन्त्रीमा थापालाई नियुक्त गरे। सर्वोच्च अदालतले साउन ११ गते उद्धव थापाको नियुक्ती बदर गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार ५ बजेसम्मका लागि समयसीमा तोक्दै दलहरूलाई सरकार गठनका लागि आह्वान गरेका थिए। उनले संविधानको धारा १६८(२) अन्तर्गत सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.