कोशीमा कुरा मिल्यो, सभामुखबाट राजीनामा दिएका बाबुराम आर्थिक मामिला मन्त्री

कोशीमा कुरा मिल्यो, सभामुखबाट राजीनामा दिएका बाबुराम आर्थिक मामिला मन्त्री
फाइल तस्बिर

विराटनगर : कोसी प्रदेशमा मन्त्री भागबण्डामा सत्ता गठबन्धनबीच सहमति भएको छ। पहिलो चरणमा कुन पार्टीका कसलाई मन्त्री बनाउने विषयमा सहमति भएको हो। 

सहमतिसँगै विहान रोकिएको मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम आजै बेलुका ५ बजे हुने तय भएको छ। 

सत्ता गठबन्धनको बैठकपछि माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको छ। 

सहमतिअनुसार सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजना मन्त्री हुने भएका छन्। उनको नेतृत्वमा सरकारमा जाने माओवादीमा सहमति भएको छ। सहमति पछि आजै सपथ ग्रहण कार्यक्रम हुने भएको छ। 

एकिकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री हुनेछन्। नेपाली काङ्ग्रेसका प्रदिप सुनुवारलाई भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ। थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए। 

थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.