पूर्वमुख्यमन्त्री कार्कीद्वारा शपथग्रहण समारोह बहिष्कार

पूर्वमुख्यमन्त्री कार्कीद्वारा शपथग्रहण समारोह बहिष्कार
फाइल तस्बिर
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित सपथग्रहण समारोहमा आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै उनले शपथ समारोह बहिष्कार गरेका हुन्।

शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुने गरेकोमा अहिले त्यसो नभएको कार्कीले बताए। नयाँ मुख्यमन्त्रीको शपथपछि बधाइ दिएर सिट छोड्ने प्रचलन भए पनि आफ्नो लागि सिट व्यवस्थापन नगरेकाले शपथग्रहण समारोहमा बस्नु उपयुक्त नलागेको भन्दै कार्की बाहिरिएका थिए।

कार्कीले आफू यसबीचमा कामचलाउ मुख्यमन्त्री रहेको दाबी गर्दै नयाँ मुख्यमन्त्रीको छेउमा सिट खोजेका थिए। ‘हिजोसम्म म नै मुख्यमन्त्री थिएँ, आजबाट निवर्तमान मुख्यमन्त्री भएको हुँ,' कार्कीले भने, ‘तर उहाँ (प्रदेश प्रमुख)ले सिट राख्नुभएन, त्यसकारण मैले यहाँ बस्नु उपयुक्त ठानिनँ।’

समारोहमा पूर्वमुख्यमन्त्रीको लागि छुट्टै कुर्सीको प्रबन्ध थियो। तर, कार्कीले आफू निवर्तमान मुख्यमन्त्री रहेको भन्दै त्यो कुर्सीमा बस्न नमानी फर्किएका हुन्।

प्रदेश प्रमुखको कार्यालयले कामचलाउबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएको भन्दै कुनै निर्णय नगरेकाले निवर्तमान मुख्यमन्त्रीको सिट राखेको थिएन। प्रदेश प्रमुखले संविधानको सर्वोच्चता, प्रदेशमा विगतमा गरिएको अभ्यास र सर्वोच्चको फैसलालाई समेत लत्याएको कार्कीले बताए। सर्वोच्च अदालतले मुख्यमन्त्री थापाको अघिल्लो पटकको नियुक्ति बदर गरेपछि आफू नै मुख्यमन्त्री रहे पनि प्रदेश प्रमुखले अस्वीकार गरेको उनको गुनासो छ।

शपथग्रहण समारोहबाट बाहिरिएपछि कार्कीले सामाजिक सञ्जाल फेसबुकमा प्रदेश प्रमुखप्रति आक्रोश व्यक्त गरेका छन्। कोशी प्रदेशमा अधिनायकवादको अभ्यास भएको र निर्लज्जताको पराकाष्ठा भएको उनले लेखका छन्। प्रदेश प्रमुखले स्वेच्छाचारिता देखाएको उनको गुनासो छ।

यसअघि असार २२ गते थापाले मुख्यमन्त्रीको शपथ लिँदा भने कार्की उपस्थित भएका थिएनन्। त्यसबेला एमालेले आफ्ना सांसदलाई पनि शपथमा जान रोक लगाएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.