स्याङ्जामा पिउने पानीमा भेटिए कोलीफर्म

जिल्ला स्वास्थ्य कार्यालयले स्याङ्जाका ११ वटै पालिकाका केही मूलमुहान, टंकी, धारा र घरमा भएका खानेपानीको नमुना परीक्षण गर्दा दिसामा हुने कोलीफर्मका मात्रा भेटिएको प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन्।
स्याङ्जा : स्याङ्जाका खानेपानीमा कोलीफर्म भेटिएको छ। नमुना परीक्षण गरिएकामध्ये झन्डै ४२ प्रतिशत खानेपानीमा ‘कोलीफर्म’ किटाणु देखिएको हो। यो किटाणु मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ।
जिल्ला स्वास्थ्य कार्यालयले स्याङ्जाका ११ वटै पालिकाका केही मूलमुहान, टंकी, धारा र घरमा भएका खानेपानीको नमुना परीक्षण गर्दा दिसामा हुने कोलीफर्मका मात्रा भेटिएको प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन्। सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराहरूबाट समेत खानेपानीका नमुना परीक्षण गरिएको उनले बताइन्।
उनका अनुसार, ‘आर्थिक वर्ष २०७९/८० मा ११ पालिकाअन्तर्गत रहेका बिभिन्न पानीका स्रोत (मुहान, धारा, घर) बाट ९४ वटाको नमुना परीक्षण गर्दा ४१ दशमलव ४८ प्रतिशत कोलीफर्म देखिएको छ। यसैगरी, गतवर्ष २०७८/८९ पनि ११ पालिकाका ५६ वटामा गरिएको नमुना परीक्षणमा ५२ प्रतिशतमा कोलीफर्मका किटाणु थियो।’ ११ पालिकामध्ये सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलव ६ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलव २५ प्रतिशत कोलीफर्मका मात्रा देखिएका हुन्।
यसैगरी, क्रमशः चापाकोट नगरपालिकामा ६२ दशमलव ६ प्रतिशत, फेदिखोला र हरिनास गाउँपालिकामा ५०÷५० प्रतिशत, भीरकोट नगरपालिकामा ४६ दशमलव १ प्रतिशत, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशतमा कोलीफर्म देखिएका हुन्। गल्याङ नगरपालिकामा ३८ प्रतिशत र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा पनि सबैमा क्रमशः ३७ दशमलव ५ प्रतिशत नै कोलीपmर्म किटाणु भएको स्वास्थ्य प्रमुख शर्माले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !
