आँखा पाक्ने रोग देखिएपछि जनकपुरका विद्यालय एक साताका लागि बन्द

आँखा पाक्ने रोग देखिएपछि जनकपुरका विद्यालय एक साताका लागि बन्द

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका विद्यालयहरू एक साताका लागि बन्द भएको छ। 

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरू एक साताका लागि बन्द गर्ने निर्णय गरिएको हो।

जनकपुरधाम उप-महानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

जनकपुरधाम उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय तथा शिक्षण संस्थाहरू एक साताका लागि बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी सूचनामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.