मोटरसाइकल चालक नालीभित्र मृत फेला

मोटरसाइकल चालक नालीभित्र मृत फेला
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर  : मोरङको कानेपोखरी गाउँपालिका–५ मा सोमबार बिहान मोटरसाइकल चालक नालीभित्र मृत फेला परेका छन् ।  इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार कानेपोखरी–५ का ३० वर्षीय शिवचन्द्र यादवको शव नालीभित्र भेटिएको हो । 

यादवले चलाएको लु ३७ प ९९४२ नम्बरको मोटरसाइकल पनि नालीभित्रै लडिरहेको अवस्थामा फेला परेको हो । आफैं अनियन्त्रित भएर मोटरसाइकलसहित चालक नालीभित्र खसेको हुनसक्ने प्रहरीको अनुमान छ । 

यादव बिहान ६ बजेतिर मृत फेला परेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी गराएका हुन् । डीएसपी भण्डारीका अनुसार उत्तरबाट पूर्व–दक्षिण जाँदै गरेको अवस्थामा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ । टाउकोमा हेल्मेट नलगाएको अवस्थामा चालकको शव फेला परेको उनले बताए । 

‘मोटरसाइकल अनियन्त्रित भएपछि चालकको टाउको नालीमाथि बनाइएको विश्रामस्थलमा ठोक्किएको हुनसक्छ,’भण्डारीले भने,‘नालीभित्र चालकको शव र त्यही नालीमा मोटरसाइकल पनि फेला परेको हो ।’ उनका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.