पहिरोमा बेपत्ता ५ जनाको खोजि गर्न आर्मी र एपीएफको टोली घटनास्थलमा

पहिरोमा बेपत्ता ५ जनाको खोजि गर्न आर्मी र एपीएफको टोली घटनास्थलमा
फाइल तस्बिर।
सुन्नुहोस्

काभ्रे : काभ्रेको खानिखोला गाउँपालिका सिक्रेदोभानमा बाढीमा बेपत्ताहरूको खोजि र उद्दारका लागि हेटौंडाबाट नेपाल आर्मी र सशस्त्र प्रहरीको टोलि आइपुगेको छ । 

बिहानदेखि स्थानीय जनप्रतिनिधि र प्रहरीको टोलीले बेपत्ताहरूको खोजि जारी रहेपनि बेपत्ताहरू भेटिएका छैनन् । बाढीमा बेपत्ताहरूको खोजी उद्धार गर्न खानीखोलाको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) ले स्थानीय र सुरक्षा निकायसँग अनुरोध गरेका छन्।

बेपत्ताहरूको पहिचान नभएको गाउँपालिका अध्यक्ष थिङले बताए ।' हाम्रो अनुरोधमा अहिले हेटौडाबाट नेपाल आर्मी र एपीएफको टोली घटनास्थलमा थप खोज उद्धारका लागि पुगेको,'उनले भने। 

पहिरोले घर पुर्दा एकजनाको उद्धार गरिएपनि  उपचारको क्रममा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ । खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको उपचारको क्रममा मकवानपुर भोर्लेनीमा मृत्यु भएको थियो ।

सिक्रेदोभान पहिरोले एकै परिवारका ६ जना पुरिएका थिए । पहिरोमा परेर अंकलबहादुरसहित शिला स्याङ्तान,जीवन पहरी,२ वर्षीय तेज पहरी र १ वर्षीय देव्यणी पहरी र सिन्धुली हरिहरपुर १ का पासाङ घिसिङ बेपत्ता छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.