सुन तस्करीको विषय देशको प्रतिष्ठासँग जोडियो : विश्वप्रकाश शर्मा
काठमाडौं : नेपाली कांग्रेस सांसद विश्वप्रकाश शर्माले सुन तस्करीको विषय देशको प्रतिष्ठासँग जोडिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले कडा सुरक्षाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वीन्टल सुन भित्रिनु गम्भीर विषय भएको बताए।
'नेपाल देशको प्रतिष्ठामा प्रश्न उब्जिएको छ । एयरपोर्टबाट हाकाहाकी सुन यसरी प्रवेश किन भयो भनेर प्रश्न उब्जिएको छ,'उनले भने,'यो बारेमा अनुसन्धान गर्ने निकायलाई बलियो बनाउने सन्दर्भमा सिंगो सदनको ध्यान पुगोस्।'
उनले सुन तस्करी प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष नभइ फरक ढंगले आवाज उठाउनुपर्ने बताए। 'यो विषयमा सत्तापक्ष प्रतिपक्षकोको मनोविज्ञानभन्दा फरक ढुंगले उठेर सोचौं,आवेगभन्दा माथि उठेर सोच्औं।'
शर्माले यो विषयमा गहिरो अनुसन्धान हुनुपर्ने बताए। सुन तस्करी प्रकरणमा निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने गरी अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले हरेक प्रश्नको निदान बहस र संवादबाट हुनुपर्ने बताए। उनले संसदलाई अवरोध नगर्ने संकल्प गर्न सबै सांसदसँग आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !