विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्तरण

विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्तरण
तस्बिर : अन्नपूर्ण

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क २ शंखेटारीमा रहेको भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मुल्य बराबरको सामाग्री हस्तान्तरण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थीको पहलमा सूर्य नेपाल नामको संस्थाले कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका २२ लाख मुल्य बराबरका सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो । 

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन तथा समय सापेक्ष शिक्षा प्रदान गर्नका लागि विद्यालयका पूर्वविद्यार्थी तथा नेपाल सरकारका सहसचिव बाबुराम गौतम,कानुन उपसचिव हरिहर पौडेल, पूर्व विद्यार्थी नारायण गौतम,अनिल भुसाललगायतको पहलमा उक्त सामग्रीहरू विद्यालयलाई प्रदान गरियो । 

आफूले पढेको विद्यालयमा केही सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वृद्धि गर्न प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको विद्यालयका पूर्वविद्यार्थी तथा सामग्री ल्याउन पहल गरेका बाबुराम गौतमले बताए । 

फ्लाक्स बोर्ड, क्यामेरा,चारवटा डेक्सटप कम्प्युटर,चार वटा प्रिन्टर,चार ल्यापटप,दुई टिभी,एक इन्भटर र इन्भटरको ब्याट्रीलगायतका सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसाल र विद्यालयका प्रधनाध्यापक ध्रुव केसीलाई हस्तान्तरण गरिएको छ । 

विद्यार्थीको पहलमा अत्यावश्यक सामग्री प्राप्त भएको र यसले विद्यालयको पठनपाठनमा धेरै सजिलो हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालले बताए । उनले प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई अध्यापन गराउन सहयोग पुग्ने र विद्यालयको गणस्तरमा पनि वृद्धि हुने अपेक्षा रहेको बताए । 

पछिल्लो समयमा सामुदायिक विद्यालयको गुणस्तर खस्किरहेको समयमा पनि यस विद्यालय जिल्लामै सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयको सूचीमा पर्ने गर्दछ । यो विद्यालय गत वर्षको एसईई परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ प्रथम स्थान हाँसिल गर्न सफल भएको विद्यालयका शिक्षक शोभाखर पन्थीले जानकारी दिए  । 

शिक्षाका कारण बसाइसराई बढेर गाउँका सामुदायिक विद्यालय खाली हुँदै गइरहेका छन् । सामुदायिक विद्यालय खाली भइरहेको समयमा विद्यार्थीलाई आधुनिक तरिकाबाट शिक्षा प्रदान गर्न आवश्यक रहेको जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय कार्यालयका प्रमुख जीवनारायण कोइरालाले बताए ।

उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न र प्रविधिमैत्री बनाउन सबै लाग्नुपर्ने बताए । २०१७ सालमा स्थापना भएको यस विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा १२ सम्म झण्डै ७ सय विद्यार्थी अध्ययनरत छन् । जिल्लाकै कानुन विषयको अध्यापन हुने यस विद्यालयमा शिक्षा,मानविकी, व्यवस्थापन  कानुन विषयका कक्षा सञ्चालन भएको विद्यालयका प्रधनाध्यापक धु्रब केसीले बताए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.