गोलभेडाको भाउ अचाक्ली बढ्यो, किलोको पुग्यो १२० रुपैयाँ

गोलभेडाको भाउ अचाक्ली बढ्यो, किलोको पुग्यो १२० रुपैयाँ
सहिदभूमि गाउँपालिका-६ का किसानले उत्पादन गरेको गोलभेडा । तस्बिर : हरिबहादुर लम्जेल

धनकुटा : गत असार पहिलो हप्ता न्यूनतम प्रतिकिलो दश रुपैयाँभन्दा कम रहेको गोलभेंडाको भाउ यतिबेला अचाक्ली बढेको छ । धनकुटा सदमुकामको बजार क्षेत्रमा प्रतिकिलो १ सय २० रुपैयाँ किलोसम्म किनबेच भइरहेको छ । 

बजारमा मूल्य बढेसँगै नेपाली किसानले गोलभेडाको उचित मूल्य पाउन थालेका छन् । किसानले बारीमै प्रतिकिलो १ सय रुपैयाँ भाउ पाउन थालेको धनकुटा–७ श्रीवानीका किसान मातृका राईले बताए । पछिल्लो समय गोलभेडाको भाउ देखेर उपभोक्ता मात्र होइन किसान समेत छक्क परेका छन् ।

 दिनप्रतिदिन भाउ बढ्नुको मुख्य कारण पछिल्लो समय गोलभेडामा देखिएको रोगको संक्रमणले उत्पादनमा ह्रास आउनु उनको भनाइ छ । पछिल्लो समय गोलभेडामा रोग देखिएपछि किसान चिन्तित भएका छन् । त्यस्तै उत्पादन हुने सुरुवाति समयमा मुल्य सस्तिएपछि किसानले दोह्रोर्याएर खेती नगर्नुको कारण पनि हुन सक्ने धनकुटा नगरपालिका वडा नं. ४ ठोका गाउँका किसान अगमशेर राईले बताए । 

उनका अनुसार बजारस्थिर नहुँदा किसानले उपयुक्त भाउ पाउन सकेका छैनन् । अहिले भाउ बढेकोमा किसान हर्षितभन्दा पनि सचेत हुनुपर्छ ।

यसअघि बजारमा भारतीय गोलभेडाको बढी आपूर्ति हुँदा नेपाली किसानले आफूले उत्पादन गरेको गोलभेडाको उचित मूल्य पाउन सकेका थिएनन् । तर,पछिल्ला केहिदिनदेखि लगातार बढिरहेका गोलभेडाको मूल्यका कारण नेपाली कृषकले राहतको महशुस गरेका छन् । 

अहिले भारतबाट गोलभेडा नेपाल निर्यात भएको कारण किसानले उचित मूल्य पाएका व्यापारीको भनाइ छ । जिल्ला अधिकाशं स्थानीय तहमा गोलभेडाको व्यवसायिक खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगरले बताए । 

जिल्लामा उत्पादन हुने गोलभेडाको मुख्य बजार पूर्वी तराईका धरान, इटहरी, विराटनगर, दमक, विर्तामोड रहेका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.