छात्रालाई यौनदुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक विरुद्ध उजुरी
काभ्रे : छात्रालाई यौनदुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक विरुद्ध उजुरी परेको छ।
जिल्लाको मण्डनदेउपुर नगरपालिका-११ मा रहेको चण्डेनी माध्यमिक विद्यालयका शिक्षक ४२ वर्षीय हेमराज विक र ३२ वर्षीय बलेन्द्र भट्टविरुद्ध उजुरी दर्ता भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी ढुन्डीराज न्यौपानेले पीडित बालिकाले साउन २१ गते शिक्षकहरूले दुर्व्यवहार गरेका भन्दै उजुरी दिएका थिए। तीन जना पीडितले बिहीबार उजुरी दर्ता गराएका र शिक्षकको खोजी भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !