कर्णालीका युवाले भने-‘विदेश पलायन रोकियोस्’

कर्णालीका युवाले भने-‘विदेश पलायन रोकियोस्’

दैलेख : कर्णालीका युवाहरूले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने माग गरेका छन्। तीनै तहका सरकारले युवा स्वरोजगारका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर युवाहरूलाई विदेश पलायनबाट रोक्नुपर्ने माग गरेका हुन्। 

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सुर्खेतमा आयोजित प्रदेश युवा भेलामा युवाहरूले कर्णालीमा स्थानीय स्तरमै रोजगारीको अवसर प्राप्त हुन नसकेको गुनासो गरेका छन्। 

दैलेखका बिमल उपाध्यायले अहिलेको अवस्थामा युवा पलायन देशकै जटिल एवं पेचिलो समस्या बन्दै गएको बताए। ‘सत्ताको बागडोर सम्हालेका नेताहरूले युवाहरूको कुरा नै सुन्न चाहेको देखिँदैन, दिवसको दिनमा मात्रै अधिकारको कुरा गर्ने प्रवृत्ति त्याग्नुपर्छ,’ उनले भने।

सुर्खेतका प्रविन बयकले युवाहरू क्षमतावान हुँदा हुँदै सरकारले पर्याप्त अवसर नदिएको गुनासो गरेका छन्। ‘युवाहरू क्षमतावान् छन् आफ्नो क्षमताले भ्यायसम्म योगदान दिईरहेका छन् तर, सरकारले दिने अवसर पर्याप्त छैन, अवसरका लागि युवाहरू पनि अग्रसर हुनुपर्छ,’ उनले भने। 

सरकारले युवाहरूलाई विदेश पलायनबाट रोक्न ठोस् कदम चाल्नुपर्ने उनको माग छ। विदेश पलायनबाट रोक्नका लागि रोजगारी सिर्जना नै प्रमुख उपाय भएको बयकको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.