बबई नदीमा पानीको सतह बढ्यो, सर्तकता अपनाउन चेतावनी

बबई नदीमा पानीको सतह बढ्यो, सर्तकता अपनाउन चेतावनी
बबईको गुलरिया स्थित भादा पुलमा मापन गरिएको पानीको सतह। तस्बिर : यादव आचार्य।
सुन्नुहोस्

गुलरिया :दुई दिनदेखि परेको अविरल वर्षाका कारण बबई नदीमा पानीको सतह बढेको छ । नदीमा पानीको बहाव बढेसँगै नदी तटीय क्षेत्रका बासीन्दालाई सर्तकताको चेतावनी दिइएको छ ।

न्युन चापीय मनसुन नेपाल नजिकै दक्षिणतर्फ रहेकाले नेपालभरी वर्षा भैरहेकोले सोमबारसम्म निरन्तरता रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाईड्रोलोजीका अनुसार २४ घण्टामा बर्दियाका ३ स्थानमा भारी वर्षा भएको छ । सबैभन्दा बढी बबईको रम्भापुर स्टेशन २२० दशमलव ८ मिलिमिटर, रानीजरुवा नर्सरी १५३ दशमलव २ मिलिलिटर र बबई सानोश्री चेपाङमा १५७ दशमल २ मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा १४० मिलिमिटर वर्षालाई खतरनाक चेतावनीको रुपमा लिइन्छ ।

दाङ, सल्यान र बर्दियामा पानी परेपछि बबई नदीको बहाव बढ्ने गरेको छ । बबई चेपाङमा ५ दशमलव ५० मिटर पानीको सतहलाई चेतावनी र ६ दशमलव ८० मिटरलाई खतराको तह मानिन्छ । बबई नदीको गुलरिया स्थित भादा पुलमा ७ मिटर पानीको सतहलाई चेतावनी र ८ मिटरलाई खतराको तह बुझिन्छ । यतिखेर बबई चेपाङमा चेतावनी तह ५ दशमलव ५० र बबई भादा पुलमा पानीको सतह चेतावनी तह ७ मिटर नाघेको छ । वर्षा नरोकिंदा नदीमा पानी बढ्ने क्रम जारी रहेकोले बबई नदीले खतराको तह पुग्ने अनुमान गरिएको छ ।

अत्याधिक वर्षाका कारण बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्वर ८ मा ४३ घर डुवानमा परेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले बताएका छन् । अविरल वर्षा भैरहेको र नदी लगायत शाखा नदीहरुमा पानीको सतह बढीरहेकाले तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयहरुलाई सर्तकता अपनाउन सूचना गरेका छौं । जिल्ला विपद ब्यवस्थापन समितिले जोखिमका बेला उद्धार गर्न मोटरवोट लगायतका उद्धार सामाग्रीसहित सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.