नेकपा एस पाल्पाको अध्यक्षमा शाही
तानसेन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाको अध्यक्षमा अशोककुमार शाही चयन भएका छन्।
पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेको सहभागितामा बसेको सचिवालय बैठकले अध्यक्षमा पाटीका केन्द्रीय सदस्य शाहीलाई सर्वसम्मत रूपमा चयन गरेको हो।
गत असार २२ गते पार्टी अध्यक्ष कमलप्रसाद पाण्डेयको हृदयघातबाट निधन भएपछि पद रिक्त रहेको थियो। अध्यक्षमा चयन भएका शाही यसअघि नेकपा एमालेबाट निर्वाचित तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख हुन्।
प्रतिक्रिया दिनुहोस !
४
८