दुई लाख घुस लिँदै गर्दा इन्जिनियरसहित दुई जना पक्राउ

दुई लाख घुस लिँदै गर्दा इन्जिनियरसहित दुई जना पक्राउ

जनकपुरधाम : धनुषाको सहिदनगर नगरपालिकाका इन्जिनियरसहित दुई जनालाई अख्तियारले पक्राउ गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटेको अनुसन्धान अधिकृतको टोलीले घुस रकमसहित पक्राउ गरेको हो। 

टोलीले विशेष सूचनाका आधारमा उक्त पालिकाका इन्जिनियर रमेशकुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिए।

गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माणवापत ठेकेदारसँग पटक पटक रकम माग गर्दै आएकोमा इन्जिनियर चौधरीले एक लाख नगद र सोही बराबरको चेक लिएको अवस्थामा पक्राउ गरिएको कार्यालयले जनाएको छ। 

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि टोलीले आफ्नो साथमा लगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.