बबई नदीमा बेपत्ताहरू अझैं भेटिएनन्, भारत पुर्‍याएको आशंका

बबई नदीमा बेपत्ताहरू अझैं भेटिएनन्, भारत पुर्‍याएको आशंका
मोटरबोटमार्फत बेपत्ता मानिस खोज्दै सुरक्षाकर्मी तस्बिर : अन्नपूर्ण

गुलरिया : आइतबार बबई नदीमा दाउरा समात्ने क्रममा भेलले बगाएर बेपत्ता भएकाहरू अझैं भेटिएका छैनन् । नेपालतर्फ बर्दिया क्षेत्रमा नभेटिएपछि उनीहरुलाई नदीले बगाएर भारत पुर्‍याएको हुनसक्ने आशंका गरिएको छ ।

बबई नदीले सर्तकता तह पार गरेको अवस्थामा दाउरा छोप्ने क्रममा गुलरिया नगरपालिका निवासी ३ जना पुरुषलाई नदीको भेलले बगाएपछि उनीहरु बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराका अनुसार गुलरियाको वडा नम्बर २ निवासी २७ वर्षीय महेश चौधरी बैरीयाघाट,वडा नम्बर ८ निवासी २३ वर्षीय अक्षय चौधरी थपुवाघाट र वडा नम्बर १२ का ३० वर्षीय बालकृष्ण थारु भैसाही घाटबाट नदीमा बगेर बेपत्ता भएका हुन् ।

नदीमा बेपत्ता तीनैजना युवकको खोजी कार्य भइरहेको डीएसपी बोहराले जानकारी दिए । सुरक्षाकर्मीले तत्काल मोटरबोटको सहायताले खोजी गर्दा समेत फेला पार्न नसकेको उनको भनाई छ । यतिखेर बबई नदीको जल सतह घटेर सतर्कतातह भन्दा कम छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.