सहिदभूमि गाउँपालिकाको वित्तीय प्रगति ७६.७० प्रतिशत

सहिदभूमि गाउँपालिकाको वित्तीय प्रगति ७६.७० प्रतिशत

धनकुटा : गत आर्थिक वर्षमा सहिदभूमि गाउँपालिकाले ७६.७० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। गाउँपालिकाद्वारा सोमबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९/८० मा चालु तथा पुँजीगत खर्च तर्फ ७६.७० प्रतिशत वित्तीय प्रगति हासिल गरेको हो। 

आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक प्रशासन शाखा प्रमुख नितेशकुमार यादवका अनुसार गत आर्थिक वर्षमा विनियोजित ५३ करोड ८० लाख ७६ हजार ७ सय ७५ रुपैयाँ ७८ वार्षिक बजेटमध्ये ४१ करोड २७ लाख ३६ हजार ५ सय ६३ रुपैयाँ ५७ खर्च भएको थियो। 

उक्त खर्च चालु तथा पुँजीगत तर्फको हो। चालुखर्च तर्फ ३४ करोड ५९ लाख ५४ हजार ७ सय ३३ रुपैयाँ विनियोजन भएकोमा २८ करोड ४१ लाख १० हजार ३१ रुपैयाँ खर्च भएको छ। प्रतिशतका आधारमा कुल विनियोजित बजेटको ८२.१२ प्रतिशत हो। 

त्यस्तै पुँजीगत तर्फ विनियोजित १९ करोड २१ लाख २२ हजार ४२ रुपैयाँमध्ये ६६.९५ प्रतिशत अर्थात १२ करोड ८६ लाख २६ हजार ५ सय ३२ रुपैयाँ खर्च भएको आर्थिक प्रशासन शाखा प्रमुख यादवले बताए। 

त्यस्तै संघीय सरकार मार्फत विनियोजित ३३ करोड ६३ लाख ३२ हजार ६ सय बजेट मध्ये ३२ करोड ५२ लाख ८० हजार १ सय ६१ रुपैयाँ खर्च भएको छ। प्रतिशतका आधारमा ८९.५३ प्रतिशत वित्तीय प्रगति भएको छ। 

प्रदेश सरकारबाट विनियोजित बजेट खर्चमा गाउँपालिका कमजोर देखिएको छ। प्रदेशबाट विनियोजित बजेटमध्ये वित्तीय प्रगति ५८.६२ प्रतिशत मात्रै भएको छ। 

प्रदेश सरकार तर्फ विनियोजित १ करोड ९७ लाख २६ हजार रुपैयाँ बजेटमध्ये ३७ लाख ६९ हजार २ सय ५० रुपैयाँ मात्रै खर्च भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.