छिमेकीको ५ तोला सुन चोरेको आरोपमा श्रीमान-श्रीमती पक्राउ
![छिमेकीको ५ तोला सुन चोरेको आरोपमा श्रीमान-श्रीमती पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrested-5aaa63d4e8dc79.52346008_roIFAS0Psy_T7Up6AQwIP.jpg)
बैतडी: सुन चोरेको आरोपमा बैतडीमा एक दम्पती पक्राउ परेका छन्। डिलाशैनी गाउँपालिका–५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथलाई सुन चोरेको आरोपमा पक्राउ गरिएको हो ।
सोही ठाउँका जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
गत साउनमा नै सुन हराएको र गोपाल र उनकी श्रीमती लक्ष्मीको नाममा किटानी जाहेरी आएपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दुबैमाथि चोरीसम्बन्धी मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)