मोटरसाइकल ट्रकमुनी छिर्दा चालकको मृत्यु

मोटरसाइकल ट्रकमुनी छिर्दा चालकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काभ्रे :जिल्लाको बनेपा नगरपालिका -१३ स्थित अरनिको राजमार्गअन्तर्गत भैसीपार्टीमा मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु भएको छ। विपरीत दिशाबाट आइरहेको ट्रकमुनि अनियन्त्रित मोटरसाइकल छिर्दा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान  ११ बजेतिर बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३४ प ११६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ बागमती प्र ०३-००१ ख १५८६ नम्बरको ट्रकको  मुनि छिर्दा धुलिखेल वडा नम्बर १ बस्ने २१ वर्षीय अभिषेक न्यौपाने गम्भीर घाइते भएका थिए । उपचारका लागि धुलिखेल अस्पताल पठाइएकोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

उक्त ट्रक र चालक बनेपा प्रहरीको नियन्त्रणमा रहेको डीएसपी रेशम बोहराले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ  । दुर्घटनापछि केही समय अरनिको राजमार्ग अवरुद्व भएको हाल सुचारु भइसकेको डीएसपी बोहराले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.