मनाङमा स्याउ टिप्न सुरु

मनाङमा स्याउ टिप्न सुरु

बेसीसहर : हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न सुरु गरेका छन्। जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न सुरु गरिएको हो। 

मनाङमा गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन्। मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिपेर बजार लगिएको नासों गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताए। 'केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ', उनले भने। टिपेका स्याउ प्याकेजिङ गरी सुरक्षित रूपमा लमजुङ सदरमुकाम बेसीसहर र पोखरा बजारसम्म पुर्‍याइएको उनले बताए।

त्यस्तै नासों–९ स्थित दानाक्यु एग्रो फार्ममा लगाइएको स्याउ पनि टिप्न थालिएको छ। पाँच जनाको समूहमा स्याउखेती गरेका फार्मका सञ्चालक राज गुरुङले यस समयमा पाक्ने प्रजातिको स्याउ टिप्न थालिएको बताए। उनका अनुसार स्थानीयदेखि विभिन्न प्रजातिका विकासे स्याउ अहिले टिप्ने अवस्था भएको छ।

स्थानीय संगिता गुरुङ तमुले स्याउ टिपेर प्याकेजिङको काम भइरहेको बताइन। मनाङमा उत्पादित स्याउ लमजुङ, तनहुँ, कास्की, चितवन, काठमाडौं लगायतका ठाउँमा लगिन्छ।

सडकको अवस्था व्यवस्थित नहुँदा यहाँ उत्पादित स्याउ बजार लैजान समस्या हुने गरेको किसान सोलबहादुरले बताए। कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश्वर सिलवालले मनाङमा यसवर्ष स्याउ उत्पादन बढ्ने बताए। उन्नत प्रजाति र क्षेत्रफलसमेत विस्तार भएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.