चापाकोटमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

चापाकोटमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स
सुन्नुहोस्

स्याङ्जा :  चापाकोट नगरपालिकाले जेष्ठ, अपांग, अशक्त, गर्भवती तथा सुत्केरीका लागि  एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराएको छ। चालु आर्थिक वर्षदेखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको नगर प्रमुख देवबहादुर खाँणले जानकारी दिए।

पालिकाले एम्बुलेन्स खरिदगरी पहिलो चरणमा शारीरिक रूपमा अशक्त, जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरीलाई उनीहरूका घरदेखि चापाकोट  नगर अस्पतालसम्म उपचारमा आउनका लागि निःशुल्क सेवा दिएको हो। गर्भवती र सुत्केरीका लागि भने रिफर हुने अस्पतालसम्म पठाउने गरिएको छ। 

नगरवासीलाई छिटोछरितो र सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स सेवालाई निःशुल्क एवं सहज बनाएको उपप्रमुख इशा रानाको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.