गैडहवा तालको पुनर्निर्माण

गैडहवा तालको पुनर्निर्माण
सुन्नुहोस्

भैरहवा :  लुम्बिनी क्षेत्रमा रहेको गैडहवा तालको पुनर्निर्माण गरिएको छ। राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति र नेपाली सेना वन तथा पर्यावरण निर्देशनालयको सहकार्यमा श्री कालिभक्ति गण (ई) भैरहवाले उक्त तालको पुनर्निर्माण गरेको हो।

जैविक विविधता र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको गैडहवा गाउँपालिका-४ स्थित गैडहवा ताल लामो समयदेखि संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माण हुन सकेको थिएन। 

राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रम अन्तर्गत उक्त तालको संरक्षण तथा पुनर्निर्माणका लागि आर्थिक वर्ष ०७९/०८० मा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो।

तालको संरक्षण, सम्वर्द्धन तथा पुनर्निर्माण कार्यअन्तर्गत बोट प्लेटफर्म निर्माण, ताल गहिरो बनाउने, तालको वरपर ट्रयाक फराकिलो तथा ग्राभेलिङ, टिकट घर, चौतारा, सार्वजनिक शौचालय निर्माण, फलामको रेलिङ लगाउने, वृक्षारोपण लगायतका निर्माण कार्य गरिएको गणका क्याप्टेन एवं सहसेनानी मधुसुदन बन्जराले बताए।

बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब १२ किलोमिटरमा अवस्थित उक्त तालले करिब साढे २७ हेक्टर सिमसार क्षेत्र ओगटेको छ। यहाँ साइबेरिया लगायत अन्य स्थानहरूबाट पनि विभिन्न प्रजातिका चराचुरुंगीहरू आउने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.