सयपत्री खेतीमा जुटे दाङका विद्यार्थी

सयपत्री खेतीमा जुटे दाङका विद्यार्थी
दाङको तुलसीपुरस्थित गोरखा मोडेल कलेजका विद्यार्थीले तुलसीपुर उपमहानगरपालिका –६गौलौरामा गरेको व्यवसायिक सयत्रपी खेती। तस्बिर : रासस
सुन्नुहोस्

तुलसीपुर (दाङ) : विद्यार्थी बिहान पढाइ अनि दिउँसो सयपत्री खेती गर्दै गरेको अवस्थामा भेटिन्छन् । पढाइ किताबी ज्ञान मात्रै नभइ प्रयोगात्मक तथा व्यवहारिक हुने भन्दै उनीहरू सयपत्री खेतीमा तल्लीन छन् । दाङको तुलसीपुरस्थित गोरखा मोडेल कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तुलसीपुर–६ गोलौरामा सात कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक सयपत्री खेती थालेका हुन् । 

कलेजमा अध्ययनरत पारस न्यौपानेले बीबीएस प्रथम, द्वितीय र चौथो वर्षका ८० विद्यार्थी मिलेर सामूहिक खेती गरिरहेको बताए । 'पढाइ किताबी ज्ञान मात्रै होइन,कृषिमा जोडिनु तथा व्यावसायिक बन्नु पनि ज्ञान हो,'उनले भने, 'त्यसैले हामी यो कार्यमा सामेल भएका हौँ ।'

विद्यार्थीले ‘कर्म पाँच सय ५५’ जातको सयपत्री खेती गरेका छन् । सबै विद्यार्थीले सामूहिकरुपमा रकम उठाएर खेति सुरू गरेका हुन् । अहिलेसम्म  एक लाख २० हजार खर्च भइसकेको विद्यार्थी सिर्जना खड्काले बताइन्। यसबाट  छ लाख आम्दानी लिने लक्ष्य रहेको उनको भनाइ छ । हाल चार हजार बिरुवा रोपिएका छन् । ती बिरुवा हेर्नका लागि टोली बनाइएको समाचार राससमा छ।

'रोप्ने मात्रै होइन, त्यसमा गोडमेल, पानी चहार्ने काम पनि छ,'खड्काले भनिन्,'त्यसका लागि हामीले टिम बनाएर काम गरिरहेका छौँ ।' 

विद्यार्थीलाई पढाइसँगै उद्यमी बनाउन सयपत्री खेतिमा जोडेको कलेज प्रमुख पूर्णबहादुर डाँगीले बताए । 'विद्यार्थीलाई किताबी ज्ञान मात्रै दिने होइन, हामीले उद्यम पनि जोड्नुपर्छ”, उनले भने , 'त्यसैले पनि विद्यार्थीलाई उद्यममा सक्रिय बनाउन यो खेती सुरु गरिएको हो ।'

यो कार्यले विद्यार्थीलाई आत्मनिर्भर बन्न मद्दत गर्ने डाँगीको भनाइ छ । सयपत्री बिक्री गरेर प्राप्त हुने आम्दानीबाट कफीसप, पानीपुरीलगायत व्यापार गर्ने लक्ष्य छ । सयपत्रीलाई माला बनाएर बेच्ने उनीहरूको योजना छ ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.