वरिष्ठ पत्रकार राजेश्वर नेपाली अस्ताए

वरिष्ठ पत्रकार राजेश्वर नेपाली अस्ताए

जनकपुरधाम :परिवर्तनको आन्दोलनमा पटक–पटक जेलनेल परेका स्वतन्त्र सेनानी राजेश्वर नेपालीको निधन भएको छ । नेपाली पत्रकारिता क्षेत्रको जिउँदो इतिहासको रुपमा चिनिने स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन भएको हो ।   

जीवनको उत्तरार्धमा जेलनेल जीवनको क्रममा सेना र प्रहरीको यातनाको चोटले शरीर हिंडडुल र उठबसमा कष्टकर भएपछि थालिएका नेपालीको आइतबार साँझ ८:०५ मा निधन भएको हो । नेपालीको निजी निवास जनकपुरधाम उप–महानगरपालिका वडा नं २३ लादोबेला स्थित निधन भएको छोरा राघवेन्द्र साहले जानकारी दिए ।

पत्रकारिताको ‘इन्साइक्लोपिडिया’ उपनामले समेत विख्यात नेपालीको देहावसानले अपूरणीय क्षति भएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले समाजिक सञ्जालमा श्रद्धाञ्जली प्रकट गर्दै भनेका छन् । उनले लेखेका छन, 'पत्रकारिता क्षेत्रको जिउँदो इतिहासको रुपमा चिनिने स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधनले नेपाली पत्रकारिता जगत र इतिहासको पानामा उहाँको अभाव सधै खडकिरहनेछ । जीवनको उत्तरार्धमा जेलनेल जीवनको क्रममा सेना र प्रहरीको यातनाको चोटले शरीर हिंडडुल र उठबसमा कष्टकर भएपछि थालिएका नेपालीको आइतबार साँझ ८:०५ बजे निधनको खबरले  एक सच्चा पहरेदार गुमाएको छ ।’  

समाचार लेखेकै कारण २०३६, २०३९ र २०४२ सालमा उनलाई तत्कालीन ब्यवस्थाले जेल हालेको थियो । २०३६ र २०३९ सालमा क्रमशः डेढ महिना जेल बसेका उनी २०४२ सालमा भने एक वर्ष जेल बसेका थिए । पत्रकारिता, साहित्य, सस्कृति र भाषाको क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएका नेपालीले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याए वापत प्रजातान्त्रिक सेनानीको रुपमा २०६५ मा अभिनन्दन गरिएको थियो ।

राजनीतिबाट प्रभावित उनलाई २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि विघटन भएको संसदका सदस्य सरोजप्रसाद कोइरालाले प्रजातन्त्र पुनः स्थापनाका लागि हतियार बन्द आन्दोलनमा सहभागी बन्न खुबै जोड गरे । तर आफू गान्धिवादी दर्शनबाट प्रभावित भएको भन्दै हतियार उठाएर होइन, कलम चलाएर आन्दोलनमा सहभागी बन्छु भनेर जवाफ दिए अनि लागे सक्रिय पत्रकारितामा!

नेपाली, मैथिली र हिन्दी साहित्यमा कलम चलाउँदै आएका नेपाली आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्रप्रेमलाई प्राथमिकतामा राख्थे । उनले समाजको लागि परिवर्तनकारी सोच, सामाजिक रुपान्तरणको लागि कलम निरन्तर चलाउँदै आएका उनी सरल स्वभावका आदर्शमुखी थिए । उनी गान्धी विचारबाट प्रभावित भएर पोशाक पनि गान्धी कै जस्तो खादी र सुती लगाउथे । 

मैथिली साहित्यमा एमए गरेका नेपालीका २ छोरा ३ छोरी थिए तर पत्रकारितामै लागेका जेठो छोरा रविन्द्र साहको २९ वर्षकै अल्पआयुमा निधन भयो । जेठो छोरा रविन्द्रले प्रकाशन सुरु गरेको विश्व जागरण दैनिक हालसम्म पनि राजेश्वर नेपालीको संरक्षकणमा प्रकाशन भइरहेकै थियो।


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.