स्याङ्जामा अरिङ्गाल टोकेर युवकको मृत्यु

स्याङ्जामा अरिङ्गाल टोकेर युवकको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

स्याङ्जा : अरिङ्गाल टोकेर बिरुवा गाउँपालिकाका २८ वर्षीय चेलीस श्रैष्ठको मृत्यु भएको छ। अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालको ठूलो समूहले टोकेको कारण उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। 

बिरूवा गाउँपालिका-१ किचनासका श्रेष्ठसहित ६ जना मिलेर मंगलबार साँझ घर नजिकैको जंगलमा अरिङ्गाल पोल्न गएका थिए। करिब ६० देखि ७० वटा अरिङ्गाल चिलेपछि घाइते श्रेष्ठको उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो। उनको हस्पिटलमा नै मृत्यु भएको प्रहरी भनाइ छ।

अरिङ्गाल पोल्नका लागि गएका अन्य ५ जना भने सकुशल रहेका बताइएको छ। गाउँघरमा अरिङ्गालको पोलो पोल्ने र खाने प्रचलन छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.