जनकपुरका विद्यालयहरू नेपाल–पाकिस्तानबीचको खेल हेर्न आधा दिन बिदा

जनकपुरका विद्यालयहरू नेपाल–पाकिस्तानबीचको खेल हेर्न आधा दिन बिदा
सुन्नुहोस्

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले नेपाल र पाकिस्तान बीचको खेललाई मध्यनजर गरी सबै शैक्षिक संस्थाहरूमा आधा दिन बिदा गने निर्णय गरेको हो। 

एसिया कपलाई मध्यनजर गरी बुधबार दिउँसो देखि शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ। एसिया कप अन्तर्गत बुधबार भइरहेको नेपाली टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेलप्रति ऊर्जावान भावना जागृत गर्न दिउँसो २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदाको निर्णय गरेको हो। सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय भएको शिक्षा शाखाका प्रमुख मेहीलाल यादवले जानकारी दिए।

सुचनामा 'पाकिस्तानसँग एसिया कपको पहिलो खेल ३ बजेदेखि खेलिने भएकाले हाम्रो गौरवशाली टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेलप्रति उर्जावान भावना जागृत गराउनका निम्ति आज मिति २०८०/५ / १३ गतेका दिन २ बजेपछि कुनै पनि क्लास सञ्चालन नगरी बिदा गरिदिनहुन आदेशाअनुसार अनुरोध छ', भनिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.