पुतलीबजार नगरपालिकाका विद्यार्थीलाई खाजावापत २५ रुपैयाँ

स्याङ्जा : पुतलीबजार नगरपालिकाले प्रारम्भिक बाल विकासदेखि ५ कक्षासम्म अध्ययरत बालबालिकालाई दिवा खाजावापत जनही १० रुपैयाँ थप गरेको छ। योसँगै अब यहाँका विद्यार्थीले २५ रुपैयाँ बराबरको दिवा खाजाको सुविधा पाउने छन्।
यही साउन महिनादेखि लागु हुनेगरी नगरसभाले गरेको सो निर्णयलाई कार्यान्वयन सुरु गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए।
प्रमुख रेग्मीका अनुसार संघीय सरकारले खाजावापत दैनिक १५ रुपैयाँ उपलब्ध गराउने गरेको छ।
प्रतिक्रिया दिनुहोस !
