तीन स्थानमा स्वास्थ्य सामग्रीहरू प्रदान
नुवाकोट : नुवाकोटको विभिन्न तीन स्थानमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ।
यशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटको विदुर नगरपालिकाको तुप्चे र बेलकोटगढीको जिलिङ र कुमरीमा गाउँमै पुगेर सामग्री हस्तान्तरण गरेको हो।
ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरे। स्वास्थ्य सामग्रीहरू विदुर-७ तुप्चे साहुगाउँ, बेलकोटगढी-२ कुमरी र बेलकोटगढी-९ जिलिङमा हस्तान्तरण गरिएको हो।
औषधि तथा विविध उपकरणहरू हस्तान्तरण गर्दै ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले स्वास्थ्य क्षेत्र अझै पनि जनताको पहुँचभन्दा बाहिर रहेका कारण उनीहरूको सुविधाका लागि स्वास्थ्य सामग्रीहरू प्रदान गरिएको बताए।
प्रतिक्रिया दिनुहोस !
४