विभेद गरेको भन्दै निजामती सेवा दिवस नमनाउने स्थानीय तहका कर्मचारीको घोषणा

विभेद गरेको भन्दै निजामती सेवा दिवस नमनाउने स्थानीय तहका कर्मचारीको घोषणा

काठमाडौं : स्थानीय तहका कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने घोषणा गरेका छन्। देशका विभिन्न स्थानीय तहका कर्मचारीहरुले निजामती सेवा दिवसको दिन कालोपट्टी बाँधेर काम गर्ने तयारी गरेका हुन् ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकालाई ५ भदौमा स्थानीय तहलाई निजामती सेवा दिवस मनाउन पत्राचार गरेको थियो । तर  प्रस्तावित निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई निजामती नभनेको भन्दै उनीहरुले विरोध जनाएका हुन्। 

null

पालिकामा कार्यरत कर्मचारीहरुले विरोध गर्दै प्रमुख प्रशासकीय अधिकृत र प्रमुख जिल्ला अधिकारीमार्फत विभिन्न माग राख्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गरेका छन्। उनीहरुले निजामती सेवा दिवस नमनाउने भन्दै संयुक्त विज्ञप्ति बुझाउने क्रम जारी रहेको छ।

उनीहरुले कर्मचारीहरुको सेवा सुविधा, वृत्ति विकासको सुनिश्चित गर्नुपर्ने र प्रस्तावित संघिय निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामतीमा समेट्नुपर्ने माग गरेका छन्। 

उनीहरुले संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय तहमा मात्र हुनपर्ने, चक्रीय सरुवा प्रणली हुनपर्ने, निजामती अस्पतालमा उपचार लगायत सेवा सुविधामा सबै कर्मचारीहरूलाई समेटिनु पर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग राखेका छन्।

null

कर्मचारीको विरोधको विज्ञप्ति

null

मन्त्रालयले गरेको पत्राचार


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.