युद्ध जितेको सम्झनामा विजयोत्सव रथयात्रा
तानसेन : नेपालले अंग्रेज सेनासँग युद्ध जितेको सम्झनामा तानसेनमा बिहीबार ऐतिहासिक विजयोत्सव भगवती रथयात्रा निकालिएको छ।
१८७१ पुसदेखि १८७२ जेठसम्म पाल्पा नुवाकोट, बुटवल जीतगढी युद्धमा नेपालले अंग्रेज सेनालाई पराजित गरेको थियो। तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा दुई टकसम्म अंगेज सेनासँग भएको युद्धमा नेपालले विजय हासिल गरेको थियो।
१८७७ सालदेखि निरन्तर रूपमा प्रत्येक वर्ष पाल्पामा कृष्ण नवमीको दिन विजयोत्सव स्वरूप भगवती जात्रा मनाउने गरिएको हो। बिहीबार दिउँसो १ बजे तानसेन बजारको चोकमा रथयात्रा गरिएको हो।
भगवती रथयात्रा विजयोत्सव मात्र नभई विजय गाथा ऐतिहासिकतासँग जोडिएको हुँदा तीनवटै सरकारबाट राष्ट्रिय पर्वका रुपमा मनाउन पहल गर्नुपर्ने गुठीका अध्यक्ष अशोक महर्जनले बताए।