मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजारभन्दा बढी

३ दिन राष्ट्रिय शोक

मोरक्को भूकम्प : मृत्यु हुनेको संख्या २ हजारभन्दा बढी
फाइल तस्बिर।
सुन्नुहोस्

पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पले सबैभन्दा धेरै विनाश मराकेसमा नै गरेको छ।

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ। सबैभन्दा धेरैको मृत्यु दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन्। 

पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पले सबैभन्दा धेरै विनाश मराकेसमा नै गरेको छ। 

शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार १२ जनाको मृत्यु भएको तथा दुई हजार ५९ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार  घाइतेमध्ये एक हजार चार सय जनाको अवस्था गम्भीर छ। 

भूइँचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ। 

भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा सबैभन्दा बढी एक हजार दुई सय ९३ जनाको मृत्यु भएको छ भने ४५२ को साथमा ताराउदान्ट प्रान्तमा चार सय ५२ जनाले ज्यान गुमाएका छन्। मौले ब्राहिम गाउँमा कलिला केटाकेटीका शव देखेर भक्कानिएका ७० वर्षका  बौचारा उद्धारकर्मीले घर नजिकै ५० जनाको शव गाडेको बताएका छन्। 

निरन्तरको पराकम्पले भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए। उनीहरूले दुई रात घरबाहिर सडमा बिताएका छन्। अहिले पनि अधिकांश मानिस घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्। मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन्। सार्वजनिक स्थान, चौरस्ता एवं डबलीमा उनीहरूले आश्रय लिएका छन्। 

पहाडी क्षेत्रमा भएको क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन। भूकम्पबाट अति प्रभावित दुर्गम पहाडी गाउँमा पुग्न सेना र आपतकालीन सेवाका अधिकारी खटिएका छन्। उद्धार टोलीहरू आवासीय भवनलाई भूकम्पले भग्नावशेषमा परिणत गरेका स्थानमा कोही जीवित भेटिन्छन् कि भन्ने आशमा दौडिएका छन्। उद्धारकर्मी र टोलीको सङ्ख्या बढाइएको गृह मन्त्रालयले जनाएको छ। 

तीन दिन राष्ट्रिय शोक

मोरक्कोका राजा मोहम्मद छैटौँले तीनदिने राष्ट्रिय शोक घोषणा गर्दै पीडित परिवारलाई खाना  आवासको व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। उनले उद्धार टोलीहरूलाई सघाउन देशको राष्ट्रिय सेनालाई आग्रह गरे। 

राष्ट्रिय शोकको यो घडीमा सार्वजनिक स्थल र सरकारी भवनहरूमा फहराइएका राष्ट्रिय झण्डा आधा झुकाइने सरकारी समाचार समितिले जनाएको छ। 

यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजार जनाको मृत्यु भएको थियो। भूकम्पबाट अगादिर शहर तहसनहस भएको थियो।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.