डाक्टर कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी

डाक्टर कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाही नगरे आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी
सुन्नुहोस्

आफ्ना विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि जानकारी गराएको र चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने प्रतिबद्धता आएपनि विश्वस्त हुन नसकिने संघले जनाएको छ।

काठमाडौं : नेपाल चिकित्सक संघले हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र आवश्यक कारवाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी अघि बढाउदा पनि चिकित्सकमाथि आक्रमण भएको भन्दै ७२ घण्टाभित्र आवश्यक कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो। 

चिकित्सकमाथि आक्रमणका साथै पटक पटक धम्की आएको भन्दै राज्य गम्भीर हुनुपर्ने संघको भनाइ छ। पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले चार जनालाई पक्राउ गरेपछि आवश्यक कारबाही नहुने देखिएकाले सरकारलाई अल्टिमेटम दिनुपरेको बताए। उनले अन्य अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटना सामान्य नभएको जिकिर गरे। उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार दोषीलाई कानुनी कारबाही गर्न माग गरे।

आफ्ना विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई पनि जानकारी गराएको र चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने प्रतिबद्धता आएपनि विश्वस्त हुन नसकिने संघले जनाएको छ।

भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो। डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.