जिल्ला अस्पताल फाप्लुले ४ वर्षपछि पायो स्थायी डाक्टर

जिल्ला अस्पताल फाप्लुले ४ वर्षपछि पायो स्थायी डाक्टर
सुन्नुहोस्

सोलुखुम्बु  : सोलखुम्बुको जिल्ला अस्पताल फाप्लुले ४ वर्षपछि स्थायी डाक्टर पाएको छ। वि.सं.२०७६ सालदेखि करारका डाक्टरको भरमा सञ्चालित जिल्ल्ला अस्पतालमा बुधबार नेपाल सरकारको स्थायी डा. प्रशान्त शाह हाजिर भएका हुन्। 

मेडिकल अधिकृत आठौँ तहका डा. शाहलाई प्रदेश स्वास्थ्य मन्त्रालयले निमित्त अस्पताल प्रमुखको जिम्मेवारी समेत दिएर पठाएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ। भदौ १३ गते नै जिल्ला अस्पतालमा हाजिर भएका डा. शाहले सोही दिनबाट नियमित काम गर्न थालेको  अस्पताल विकास समितिले जनाएको छ।

तत्कालीन मेडिकल सुपरिटेन्डेन डा. छिरीङ शेर्पाको २०७६ सालमा सरुवा भएसँगै त्यसयता अस्पताल स्थायी डाक्टर विहीन भएको थियो। स्थायी दरबन्दीका डाक्टर नहुँदा ४ वर्षसम्म सातौँ तहका स्टाफ नर्सको भरमा अस्पताल सञ्चालनमा थियो। १८ जनाको स्थायी दरबन्दी रहेको १५ बेडको फाप्लु अपतालमा हाल ७ जना मात्रै स्थायी कर्मचारी छन्। जसमा एकजना मेडिकल अधिकृत, एक जना वरिष्ठ अस्पताल निरीक्षक, एक जना स्टाफ नर्स, दुई जना सिनियर अनमी, ल्याब असिस्टेन एक जना र कार्यालय सहयोगी एक जना छन्। अन्य ११ जनाको दरबन्दी भने खाली रहेको अस्पताल प्रशासनले जनाएको छ। 

सगरमाथा आरोही सर एडमन्ड हिलारीले करिब ५४ वर्षअघि स्थापना गरेको फाप्लु अस्पतालको अहिले सुविधा सम्पन्न भवन रहेको छ। नेपाल सरकारको सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो। करिब ६४ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा झण्डै ७ रोपनी क्षेत्रफलमा नयाँ भवन निर्माण भएको अस्पताल प्रशासनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.