थिक्सेनाको चोटले श्रीलंका दबाबमा

थिक्सेनाको चोटले श्रीलंका दबाबमा
सुन्नुहोस्

कोलम्बो : एसिया कप क्रिकेटको फाइनल अघि घरेलु टोली श्रीलंकालाई नमिठो झड्का लागेको छ। भारतसँगको फाइनल खेल अघि महत्वपूर्ण खेलाडी महेश थिक्सेना प्रतियोगिताबाट बाहिरिएपछि श्रीलंका दबाबमा परेको हो।

भारत र श्रीलंकाबीच आइतबार कोलोम्बोमा एसिया कपको फाइनल खेल हुँदैछ। चोटका कारण स्पिनर थिक्सेनाले फाइनल खेल गुमाउने भएका हुन्। श्रीलंकाका कप्तान दासुन सनकाले चोटका कारण थिक्सेनाले एसिया कप गुमाउने जानकारी दिएका हुन्। ‘चोटका कारण थिक्सेना एसिया कपबाट बाहिरिएका छन्। तर, विश्वकपमा भने उनी उपलब्ध हुने छन्’, कप्तान सनकाले भने।

थिक्सेना पाकिस्तानसँगको खेलमा फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए। उनको दायाँ खुट्टामा चोट लागेको छ। श्रीलंकाका प्रमुख स्पिन अलराउन्डर वानिन्दु हसरंगा पनि टोलीमा छैनन्। आफ्ना प्रमुख दुई हतियार नहुँदा श्रीलंका फाइनल अघि कमजोर देखिएको छ। थिक्सेनाले एसिया कपको पाँच खेलमा आठ विकेट लिएका थिए। उनको प्रेरणामा अरु खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

थिक्सेनाको स्थानमा अलराउन्डर सेहान अर्चाचिगलाई टोलीमा समावेश गरेको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ। सेहानले गत जुलाईमा जिम्बावेमा भएको आईसीसी विश्वकप छनोटमा वेस्टइन्डिजविरुद्ध डेब्यु गरेका थिए। यस्तै नेदरल्यान्ड्सविरुद्ध ७१ बलमा चार चौकासहित ५७ रनको अर्धशतकीय पालि खेलेका थिए। 

भारत र पाकिस्तानबीचको राजनीतिक टकरावका कारण श्रीलंकाले पनि एसिया कप आयोजनाको अवसर पाएको हो। अन्डर डगका रुपमा रहेको श्रीलंकाले ११औं फाइनल खेल खेल्न लागेको हो।

यस्तै सातौं उपाधि जित्ने अभियानमा श्रीलंका छ। अफगानिस्तानलाई नाटकीय रुपमा पराजित गर्दै श्रीलंकाले सुपर फोरमा स्थान बनाएको थियो। सुपर फोरमा भारतसँग पराजय बेहोर्नुका बाबजुद श्रीलंकाले फाइनल खेल्न लागेको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.