जबरजस्ती करणीको आरोपमा २ युवा पक्राउ
स्याङ्जा : बौद्धिक अपाङ्गता भएका एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २ युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका ८ डाँडास्वाराका २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ रहेको प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए।
आफ्नै घरमा बसिरहेकी ती महिलालाई ११ दिनअघि उनकै घरमा गएर दिउँसो ३ बजतिर जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ। आरोपित दुबैजना घटना घटेको ९ दिनपछि पक्राउ परेका हुन्।
आरोपित दुबै जनाविरुद्ध जबरजस्ती करणीमा मुद्धा दर्ता भएको छ। जिल्ला अदालतबाट म्याद थप भै अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।