दुर्घटनामा दुई विद्यार्थी नेताको निधन

दुर्घटनामा एमाले निकट अनेरास्ववियु जिल्ला सह–संयोजकनवीन पाण्डे र सचिवालय सदस्य समिर तामाङको निधन भएको हो।
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउने डाँडामा शनिबार दिउँसो दुर्घटना हुँदा दुई विद्यार्थी नेताको निधन भएको छ। दुर्घटनामा एमाले निकट अनेरास्ववियु जिल्ला सह–संयोजकनवीन पाण्डे र सचिवालय सदस्य समिर तामाङको निधन भएको हो।
अरनिको राजमार्गमा खाडीचौरबाट बन्देउतर्फ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०२–०३१ प ५९७६ नन्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
‘पाँचपोखरी थाङ्पालगाउँपालिका– १ बासखर्कका २७ वर्षीय समिर तामाङ र मोटरसाइकल पछाडि सवार मेलम्चीनगरपालिका–११ का २७ वर्षीय नवीन पाण्डेको दुर्घटनामा निधन भएको छ’, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले भने। दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई प्रहरीले उद्दार गरी उपचारका लागि धुलिखेल अस्पतालमा पठाएको थियो। उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस !
