नुवाकोटमा बजार अनुगमन: अखाद्य वस्तु जफत गरेर नष्ट

नुवाकोटमा बजार अनुगमन: अखाद्य वस्तु जफत गरेर नष्ट
सुन्नुहोस्

नुवाकोट : नुवाकोटमा सोमबार बजार अनुगमन गरिएको छ। बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि संयुक्त बजार अनुगमन टोलीले विदुर नगरपालिका-१ ढुंगे र त्रिशूलीमा रहेका मासु पसलको अनुगमन गरेको छ। 

एकैदिन नौवटा मासु तथा माछा पसलमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ । सरोकारवालासहिकतको संयुक्त वजार अनुगमन टोलीले सन्जय कोल्ड स्टोर, त्रिशूली फ्रेस एण्ड कोल्ड स्टोर, न्यु त्रिशूली मिट/न्यु फिस हाउस, मामाको फ्रेस हाउस, त्रिशूली कोल्ड स्टोर, एएस मिट सप, त्रिशूली मिट सप, सानेकुमार फिस हाउस र महालक्ष्मी जनक श्रेष्ठ मिट सपमा अनुगमन गरिएको प्रमुख किशोर सापकोटाले जानकारी दिए। 

उनका अनुसार अनुगमनका क्रममा एक माछा पसलबाट अखाद्य माछा बरामद गरी नष्ट गरिएको छ । उक्त माछा पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.