सडकमै चालकहरूको स्वास्थ्य परीक्षण

सडकमै चालकहरूको स्वास्थ्य परीक्षण
सुन्नुहोस्

नुवाकोट : नुवाकोटमा सवारी गुडाइरहेका चालकहरूको सडकमै निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा चालकहरूको सुगर तथा रक्तचापको समस्या देखिएको छ। 

समुदाय प्रहरी साझेदारीको अवधारणा अनुरुप चालकसँग एक दिन कार्यक्रम अन्तर्गत गल्छी-देवीघाट-त्रिशूली सडकखण्डको बीचमा रहेको पिपलटारमा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो। 

सो क्रममा एक सय जना बढी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो। अस्वस्थ, बिरामी, थकित तथा स्वास्थ्यमा समस्या आएको समयमा चालकहरूले सवारी साधन चलाउँदा हुन सक्ने सम्भावित सवारी दुर्घटना र त्यसबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको संयुक्त आयोजनामा त्रिशूली अस्पताल नुवाकोटका स्वास्थ्यकर्मीहरूको सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.