नुवाकोटमा बजार अनुगमन, अखाद्य वस्तु जफत

नुवाकोटमा बजार अनुगमन, अखाद्य वस्तु जफत
सुन्नुहोस्

नुवाकोट : बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा सोमबार बजार अनुगमन गरिएको छ। अनुमगमनका क्रममा अखाद्य वस्तु जफत गरिएको छ। 

संयुक्त बजार अनुगमन टोलीले पछिल्लोपटक नुवाकोटको विदुर नगरपालिका–१ ढुंगे र त्रिशूलीमा रहेका मासु पसलको अनुगमन गरेको हो। एकै दिन नौवटा मासु तथा माछा पसल व्यवसायमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ। 

सरोकारवालासहिकतको संयुक्त बजार अनुगमन टोलीले सन्जय कोल्ड स्टोर, त्रिशूली फ्रेस एण्ड कोल्ड स्टोर, न्यु–त्रिशूली मिट÷न्यु–फिस हाउस, मामाको फ्रेस हाउस, त्रिशूली कोल्डस्टोर, एएस मिट सप, त्रिशूली मिट सप, सानेकुमार फिस हाउस र महालक्ष्मी जनक श्रेष्ठ मिट सप गरी नौवटा मासु पसलमा अनुगमन गरिएको घरेलु कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा एक माछा पसलवाट अखाद्य माछा वरामद गरी नष्ट गरिएको छ। 

अखाद्य माछा फेला परेको माछा पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम २० हजार रुपैया जरिवानासमेत गरिएको प्रमुख सापकोटाले वताए। माछा तथा मासु पसलमा मापदण्ड तथा गुणस्तरीयताका सम्बन्धमा वजार अनुगमन गरिएको उनले बताए। 

अनुगमनका क्रममा व्यवसाय दर्ता नवीकरण, मूल्यसूची, नापतौल, खाद्यवस्तु गुणस्तरीयता, खरिद विल र बिक्री विलको निरीक्षण गरिएको अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्रबहादुर पण्डितले बताए। निरीक्षणको क्रममा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन दिँदै, सुधार गर्न सुझाव दिँदै र केही व्यवसायीलाई आवश्यक कागजातसहित घरेलु तथा साना उद्योग कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनको भनाइ छ। 

सर्वसाधारणले भने वर्षको एक÷दुईपटक औपचारिकता निभाउन मात्र बजार अनुगमन गर्ने गरेको गुनासो गर्दै यसलाई निरन्तरता दिन माग गरेका छन्। वर्षको एक÷दुई पटक औपचारिकता निभाउन मात्र बजार अनुगमन गर्ने गरिएको जनाउँदै उपभोक्ता तथा सर्वसाधारण आक्रोशित भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.