सिमानामा रोकिएका विदेशी पर्यटकलाई रामारोशन जाने अनुमति

सिमानामा रोकिएका विदेशी पर्यटकलाई रामारोशन जाने अनुमति
सुन्नुहोस्

अछाम : एक हप्तादेखि अछामका सिमानामा रोकिएका विदेशी पर्यटकलाई रामारोशन जाने अनुमति दिइएको छ। 

गृह मन्त्रालयको आदेशअनुसार पर्यटकीय क्षेत्र रामारोशन जाने अनुमति दिइएको अछाम प्रहरीले जनाएको छ। रामारोशन घुम्न आएका विभिन्न देशका नागरिकलाई स्थानीय प्रशासनले एक हप्तादेखि अछाम प्रवेश नाका चौखुट्टे र बेलखेतमा रोकेको थियो। 

उनीहरूसँग रामारोशनमा लामो समय बस्ने अनुमति नरहेको भन्दै प्रशासनले रोकेको थियो। पर्यटकहरूलाई सर्तसहित जाने अनुमति दिइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए। उनले भने,‘गृहले आज उनीहरूलाई सर्तसहित जाने अनुमति दिएको छ। उनीहरूले घुम्ने रमाउन पाउँछन् यदि कानुन विपरीत नै पनि गतिविधि गरेको पाइयो भने पक्राउ गर्ने आदेश पनि गृहको छ।’ 

null

चौखुट्टे नाकामा रोकिएका पर्यटकहरू टेन्ट हालेर बसेका छन्। केही आज गन्तव्य तर्फ गएका छन् भने केही समूह भोलि जाने तयारी रहेको विदेशी पर्यटकसँग आएकी काभ्रेकी अनिशा राजपतले बताइन्। उनले भनिन् 'आज जाने अनुमति पाएका छौं। केही ग्रुप आज गए। गाडीको व्यवस्था गर्दै जाँदै गर्ने गरेका छौं। रामारोशन क्षेत्र घुम्न भनी आएका हौं। निकै सुन्दर छ भन्ने पनि सुनेका छौं। भिसा सबै छ तर रामारोशनमा लामो समय बस्ने र कार्यक्रम गर्ने अनुमति भने हामीसँग थिएन। अहिले भने जाने अनुमति पाएका छौं। केही दिन कुर्नुपर्‍याे। यहाँको माहोल सुरक्षाको विषयले पनि होला सायद रोकेको।’

यहाँका स्थानीयहरूले आफूहरूलाई निकै माया  र सद्‌भाव देखाएको उनले बताइन्। यहाँबाट फर्केपछि रामारोशनको प्रचारप्रसार समेत गर्ने उनले बताइन्।
 
एकैपटक धेरै संख्यामा विदेशी पर्यटकहरू रामारोशन आएको खबर प्राप्त भएपछि यहाँको सुरक्षा व्यवस्थालाई पनि हेर्न पर्ने भएकाले केही प्रकृयाका लागि रोकिएको प्रजिअ शरद पोखरेलले बताए। भिसा र पासपोर्ट भएकाहरूलाई जान दिने र यातायातमा सहजीकरण गरिदिने भन्ने आदेश गृहको  छ उनले भने उनीहरूले रामारोशन कति बस्न पाउने,बस्दा के कस्ता गतिबिधी गर्न पाउने र के गर्न नपाउने भन्ने पर्यटन मन्त्रालयबाट सर्तहरू आएपछि उनीहरूलाई जानकारी गराउने भन्ने छ। सर्तहरू अहिलेसम्म आएका छैन। भिसा र पासपोर्ट भएकालाई यातायातका अवरोध गर्ने गृहको आदेश छ।’
 
चौखट्टे नाकाबाट ४२ जना, साँफेबगरबाट ३ जना, र जयगढबाट ५ जना पर्यटक रामारोशनतर्फ गएका डीएसपी पाठकले बताए। बेलखेत नाकाबाट पनि पर्यटकहरू रामारोशन गएका उनले बताए। उनीहरूसँग एक देखि ३ महिनासम्मको भिसा रहेको छ।                           

रामारोशन आएका विदेशी नागरिकहरूमा भारत, अमेरिका, क्यानडा, पोल्याण्ड, इटाली, रसिया, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्याण्ड लगायतका अन्य मुलुकका रहेका छन्। अझै पनि विभिन्न देशका पर्यटकहरू आउने क्रम जारी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.